सुर्खेत। कर्णाली प्रदेशमा रहेका ३०० बढी बचत तथा ऋण सहकारी संस्थाहरू मध्ये ३ वटा संस्थाहरूले मात्र Probation Brand  हात पार्न सफल भएका छन् । बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संघको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को २९ औं बार्षिक साधारण सभाको अवसरमा मंसिर ५ गते देशभरका ४० वटा साकोसहरुलाई प्रदान गरिएको नेपाल स्ट्याण्डर्डको Probation Brand   कर्णाली प्रदेशका ३ वटा साकोसहरुले प्राप्त गरेको शिखर साकोसका अध्यक्ष भुपेन्द्र बहादुर सिंहले जानकारी दिए। 

सिंहका अनुसार संस्थालाई नीति, विधि र प्रविधिगत रुपमा सञ्चालन गर्नका लागि विगत ६ वर्ष देखि निरन्तर अभ्यास गर्दै गर्दा यसवर्ष दोस्रो पटक शिखर साकोस प्रोवेशन ब्रान्ड प्राप्त गर्न सफल भएको हो। 

उनले गुणस्तर र ब्रान्डलाई कायम राख्न संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा सुविधाहरू आगामी दिनहरूमा थप गुणस्तरीय रुपमा प्रदान गर्ने योजना अनुसार एसियाली स्तरको गुणस्तर प्रमाणिकरण कार्यक्रम ACCESS मा यसै वर्ष देखि सम्झौता गरी सोही अनुसारले संस्थामा आफ्ना कार्यक्रमहरूलाई निरन्तर रुपमा अगाडि बढाइएको जानकारी दिए।

यी भिडियोहरु हेर्नुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।