सुर्खेत। भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले अहिलेको आयोग पुराना सुकुम्बासी आयोग जस्तो नभएको दाबी गरेका छन्। गुर्भाकोट नगरपालिकाले शुक्रवार आयोजना गरेको अभिभुखिकरण कार्यक्रममा बोल्दै ज्ञवालीले यो अधिकार सम्पन्न आयोग भएको दाबी गरेका हुन्। यो भिडियो हेर्नुहोस्।

भूमि सम्बन्धी समस्या समाधान गर्न यसअघि १३ वटा आयोग बनिसकेको स्मरण गर्दै अध्यक्ष ज्ञवालीले आफू नेतृत्वको वर्तमान आयोग संघीय संसद्ले बनाएको कानुन बमोजिम गठन भएकाले अधिकार सम्पन्न भएको बताए। कमजोर नीतिकै कारण यसअघिका आयोगहरूले भूमिहीन तथा सुकुमबासीहरूको समस्या समाधान गर्न नसकेको उनले बताए।

अध्यक्ष ज्ञवालीले  आफूले आयोगलाई आफन्तको भर्ती केन्द्र नबनाउने र असली भूमिहीनहरुका पक्षमा प्रष्ट देखिनेगरी काम गर्ने प्रतिवद्धता जनाए। उनका अनुसार आयोगले देशभरका १४ ओटा स्थानीय तहलाई छनौट गरी पहिलो चरणको लगत सङ्कलनको काम शुरु गरिसकेको छ।

यो पनि पढ्नुहोस्।

गुर्भाकोटका भूमि सम्बन्धी अधुरा कामले यसपटक पूर्णता पाउँछन्ः नगरप्रमुख पुन

गुर्भाकोटका भूमिहीनहरूको समस्या चाँडै समाधान हुन्छः उपप्रमुख बिक (भिडियो सहित)

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।