मेहेलकुना। गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले नगरपालिका भित्रका भूमि समस्या सम्बन्धी अधुरा कामले यसपटक पूर्णता पाउने बताएका छन्। गुर्भाकोट नगरपालिकाले शुक्रवार आयोजना गरेको भूमि सम्बन्धी समस्या समाधानका लागि १ दिने अभिभुखिकरण कार्यक्रममा बोल्दै नगरप्रमुख पुनले यस पटकको भूमि सम्बन्धी समस्या समाधान आयोग अधिकार सम्पन्न भएको बताए।

भूमि सम्बन्धी समस्या समाधानका लागि पहिलो चरणमा छनौट भएका १४ स्थानीय तह मध्ये गुर्भाकोट नगरपालिका समेत परेकोमा खुसी व्यक्त गर्दै नगरप्रमुख पुनले आफ्नो नगरपालिकालाई उच्च प्राथामिकतामा राखेकोमा आयोगका अध्यक्ष तथा पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे। यो भिडियो हेर्नुहोस्।

गुर्भाकोटमा भूमि सम्बन्धी समस्या वर्षौँदेखि रहेको भन्दै हरेक पटकका आयोगले समस्यालाई जस्ताको तस्तै छोडेर गएपनि यसपटकको आयोग अधिकार सम्पन्न भएकाले भूमि सम्बन्धी अधुरा रहेका समस्याहरुले पूर्णता पाउने विश्वास व्यक्त गरे।

भूमि सम्बन्धी समस्या समाधानका लागि आयोगसँग नगरपालिकाले सम्झौता गरिसकेको स्मरण गर्दै नगरप्रमुख पुनले भूमिहीनहरूलाई भूस्वामित्व दिलाउने महायात्रामा नगरपालिकालाई सहयोग गर्न सबैमा अपिल गरे।

यो पनि पढ्नुहोस्।

गुर्भाकोटका भूमिहीनहरूको समस्या चाँडै समाधान हुन्छः उपप्रमुख बिक (भिडियो सहित)

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।