काठमाण्डौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर टेस्ट गरेका डा केसीलाई शुक्रवार कोरोना पोजेटिभ देखिएको हो।

पिसीआर परीक्षणका लागि बिहीवार डा. केसीको स्वाब संकलन गरिएको थियो। डा. केसीलाई रुघाखोकी र ज्वरो आएको र श्वासप्रश्वासमा समेत समस्या आएको उनी निकट प्रितम सुवेदीले जानकारी दिएका छन्। 

सुवेदीका अनुसार डा. केसीको शिक्षण अस्पताल महाराजगञ्जमा थप उपचार भइरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।