सुर्खेत। शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले तयार पारेको महामारीमा साधारण सभा सञ्चालन कार्यविधि अनुसार बिहीबार साधारण सभा सम्पन्न भएको हो।

शिखरले कात्तिक २२ गते औपचारिक रुपमा संस्थाको सभाहलमा २१ औं साधारण सभाको उद्घाटन गरेको थियो। 

संस्थाको आर्थिक वर्ष ०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार कुल सम्पत्ति २२ करोड ३८ लाख ८८ हजार ८ सय ३८ रुपैयाँ २१ पैसा रहेको जनाईएको छ। यसैगरी संस्थाले यो वर्ष  ४३ लाख २६ हजार ४ सय ७७ रुपैयाँ ३७ पैसा खुद नाफा गरेको जनाएको छ।।

साधारण सभाका लागि कात्तिक २५ गते सम्म ६ वटा उपस्थिति केन्द्रमा उपस्थिति संकलन गरिएको संस्थाका सूचना अधिकारी खड्क बहादुर शाहीले बताए। साधारण सभामा ६ ओटै केन्द्रबाट गरी २ हजार १ सय ५५ जनाको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहको अध्यक्षता र भेरीगङ्गा नगरपालिका वडा नं. ११ का अध्यक्ष तिलकराम डाँगीको प्रमुख आतिथ्यमामा साधारण सभा सम्पन्न भएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।