कालिकोट। साझा पार्टीले संगठन विस्तार अभियानलाई वडा वडामा केन्द्रित गरेको छ। संगठन विस्तार अभियान अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिकाको वडा नंबर २ मा वडा कमिटी गठन गरिएको छ। वडामा बिहीवार आयोजना गरिएको भेलाले ललित दर्जीको संयोजकत्वमा १५ सदस्यीय वडा कमिटी गठन गरेको हो।

नवगठित वडा कमिटीको सहसंयोजकमा शर्मिला योगी चयन भएकी छन्। यसैगरी सदस्यहरूमा टक्क बहादुर नेपाली, मनराज बिसी, रत्न टमट्टा, रत्न तिरुवा, रतना बिष्ट, सुरेन्द्र विसि, दिपक बिष्ट, मानव परियार, नेत्र सार्की, जगत बहादुर तिरुवा, पंख सार्की, शक्ति बिष्ट र अमर बहादुर बुढा रहेका छन्।

वटा कमिटी घोषणा कार्यक्रममा जिल्ला संयोजक अनिल परिवर्तनले अबका युवाले कोही कसैको दवाव र अभावमा नबसेर नयाँ सोच र नयाँ विचारमा लागेर देशको माटोलाई माया गर्दै समाज रूपान्तरण र परिवर्तनमा अगाडि बढ्नु पर्ने बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।