सुर्खेत। भेरीगङ्गा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्द चढेको जिप दुर्घटना भएको छ। मुगु र जुम्ला जिल्लाको सिमाना नजिक पर्ने न्याउली लेकमा बुधवार दिउँसो साढे ३ बजे जिप दुर्घटना भएको हो।

दुर्घटनामा परि मेयर चन्द उनकी धर्मपत्नी, नेपाली कांग्रेस भेरीगंगाका सभापति बेदु गिरी र चालक दीपक हमाल घाइते भएको भेरीगङ्गा ८ का वडाध्यक्ष पदम खत्रीले बताए।

घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। वडाध्यक्ष खत्रीका अनुसार मेयर चन्द लगायत घाइते सबैको अवस्था खतरामुक्त छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।