सुर्खेत। गुर्भाकोट नगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या शून्यमा झरेको छ। पछिल्लो पटक परिक्षण गरिएका ११५ संक्रमित निको भएपछि सोमवार देखि नगरपालिकामा सङ्क्रमितको संख्या शून्यमा झरेको हो।

गुर्भाकोट नगरपालिकाका नगर स्वास्थ्य प्रमुख महेश कुमार पुरीका अनुसार पछिल्लो पटक स्वाब संकलन गरिएका गुर्भाकोट ८ का सूर्यदीप रेग्मीलाई निको भएपछि हाल सङ्क्रमितको संख्या शून्यमा झरेको हो। रेग्मी भन्दा अगाडि ११४ जनालाई कोरोना संक्रमण पुष्टि भएको र हाल सबैलाई निको भैसकेको पुरीले बताए। जसमा ३३ महिला, ८० पुरुष थिए। गुर्भाकोटमा गरिएको परीक्षणमा भेरीगङ्गा नगरपालिकाका १ जना र सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका १ जना संक्रमित भेटिएका थिए।

आइसोलेसन अवधि पुरा भएका सबैको स्वास्थ्य अवस्था हाल सामान्य रहेको गुर्भाकोट नगरपालिकाले जनाएको छ। नगरपालिकाले व्यवस्थापन गरेका सम्पूर्ण आइसोलेसन सेन्टरहरू सङ्क्रमितको संख्या शून्यमा झरेसँगै खाली भएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।