चितवन। कोरोना सङ्क्रमणका कारण चितवनका अधिवक्ता सुदीप वस्तीको निधन भएको छ। प्रोष्टेट क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ वर्षको उमेरमा निधन भएको हो।

भरतपुर १०, दुरसञ्चार रोड निवासी अधिवक्ता वस्ती काठमाडौंमा प्रोष्टेट क्यान्सर तथा नसा रोगको उपचार गरिरहेका थिए। उपचारको क्रममा उनलाई १ हप्ता अगाडि कोरोना पोजेटिभ देखिएको र उपचारकै क्रममा मृत्यु भएको उनका भाइ अधिवक्ता गजेन्द्र वस्तीले जानकारी दिए। 

नेपाल बार एसोसियसन चितवनका सदस्य समेत रहेका वस्ती विभिन्न सामाजिक संस्थाहरूमा समेत आबद्ध थिए। वस्तीका श्रीमती, १ छोरा र १ छोरी छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।