चितवन। चितवनका युवा व्यवसायी रामचन्द्र तिमिल्सिनाले दशैंमा जम्मा भएको दक्षिणा साझा पार्टीलाई दिएका छन्। दशैँ टिकामा दक्षिणा वापत जम्मा भएको दक्षिणा सात हजार तीन सय रुपैयाँ तिमिल्सिनाले साझा पार्टीलाई सहयोग गरेका छन्।

साझा पार्टी देश रूपान्तरणका लागि भरोसा योग्य राजनीतिक शक्ति भएका कारण आफूले सानो सहयोग गरेको तिमिल्सिनाले बताए। सङ्गठनलाई मजबुत बनाइराख्न र पार्टीका हरेक गतिविधि सञ्चालन गर्न सबै भन्दा पहिले आर्थिक समस्या पर्ने भएका कारण आफूले साझालाई सहयोग गरेको तिमिल्सिनाको भनाई छ।

साझा पार्टीले कोरोना कहरका कारण आर्थिक सहयोगको सार्वजनिक अपिल रोकेको छ। यद्यपि तिमिल्सिना जस्तै केही शुभेच्छुकका कारण कार्यालय व्यवस्थापन र कर्मचारीलाई तलब दिन सक्षम भएको साझा पार्टीले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।