काठमाण्डौं। चर्चित टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ। लामिछानेले आफू र श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको बिहीवार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

गत मंगलवार देखि हल्का ज्वरो आएपछि लामिछाने दम्पतीले पिसिआर परिक्षण गरेका थिए। दम्पतीकै पिसिआर रिपोर्ट पोजेटिभ देखिएको भएपनि उनीहरु दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

लामिछानेले पछिल्लो पटक साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग अन्तर्वार्ता गरेका थिए। मिश्रसँगको अन्तर्वार्ता प्रसारण भएकै दिनदेखि लामिछानेलाई हल्का ज्वरो आएको थियो। यद्यपि मिश्रसँगको अन्तर्वार्ता भने गर शुक्रवार नै रेकर्ड गरिएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।