काठमाण्डौं। साहित्यकार केशव दाहालको उपन्यास मोक्षभूमी यसैसाता देखि बजारमा आउने भएको छ। किताब पब्लिसर्सले असोज २० गते देखि मोक्षभूमी बजारमा ल्याउन लागेको हो। 

दाहालका अनुसार मोक्षभूमीको प्रस्थान विन्दु खस साम्राज्यको सिंजा हो।  

धरतीको रङ र सुगन्ध अर्कै भएका बेला जहाँ ठाउँठाउँमा शिशुबलि हुन्थ्यो, नरबलि हुन्थ्यो, तन्त्रमन्त्रहरूको साधना हुन्थ्यो, सामन्त, सम्राट्, राजा, महाराजाहरू थिए। दासहरू थिए, दासशालाहरू थिए। आर्यवर्तमा आधुनिक मानव सभ्यताले भर्खरै पालुवा हाल्दै थियो। त्यो परिपक्व र मधुर थिएन । बाहिरबाट हेर्दा सबै शान्त देखिन्थ्यो । तर भित्र थियो, उथलपुथल । कष्टको पिँजडाबाहिर आउन मान्छेहरूमा तिव्र छटपटी थियो । तिनै कष्टहरूको जन्जिरबाट फुत्किएका दासहरूको वर्षौ पुरानो कथा मोक्षभूमी हो।

मोक्षभूमीका लेखक दाहाल साझा पार्टीका संगठन विभाग प्रमुख समेत हुन्।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।