काठमाडौं । मकवानपुर जिल्लामा रहेका एक हजार पाँच सय कुखुरापालक नोक्सान व्यहोर्न बाध्य छन् ।

लकडाउनका कारण दैनिक एक करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ ।

जिल्लाभित्र कुखुरा व्यवसायमा पाँच अर्ब रुपैयाँ लगानी रहेकोमा करिब एक अर्ब नोक्सानी भइसकेको संघका अध्यक्ष राजु अधिकारीको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।