दिनभरि खोज्दै हिंडेछौ म रातमा थिएँ।
हजारौं सहयात्रीहरूको साथमा थिएँ।
परिवर्तनको चर्को नारा उराल्दै हिंड्दा
आफू जस्तै गरीबहरूको थातमा थिएँ।
पलपल मृत्यु नाच्ने जिन्दगीको के ठेगान
शीतको थोपा झैं कर्कलाको पातमा थिएँ।
हिंड्न डुल्न कहाँ पाईन्थ्यो र आफू खुशी
जीवन आफ्नो तर अर्कैको हातमा थिएँ।
धेरै धेरै बिश्वास गरेकै हुँ आत्मैदेखि
बल्ल थाहा भयो म बिश्वासघातमा थिएँ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।