काठमाडौं- अमेरिकाको न्यूयोर्कमा कोभिड १९ (कोरोना भाइरस) संक्रमणबाट २० हजार ५ सय ८० भन्दा बढीको ज्यान गइसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या मात्रै पनि ५ लाख ३३ हजार १ सय १५ पुगेको छ । ३० हजार ५ सय २ जना उपचारपछि घर फर्किएका छन् ।

संक्रमितमा १ लाख ८१ हजार १ सय ४४ जना न्यूयोर्कका रहेका छन् । मृत्यु हुनेमा पनि ८ हजार ६ सय २७ जना न्यूयोर्ककै रहेका छन् । त्यहाँ हरेक दिन मृत्यु हुनेको संख्या बढेको बढ्यै छ ।

मृत्युदर वृद्धि हुँदा शव स्टोरेजको अभाव भएको छ । रेफ्रिजेरेटेड ट्रकहरु पनि भरिएका छन् । अमेरिकामा पनि सबैभन्दा धेरै प्रभावित न्यूयोर्कका केही तस्वीर र भिडिओ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भएका छन् ।

उक्त भयावहका कारण शव गाड्ने र जलाउने ठाउँको पनि अभाव भएको छ । त्यसैले त्यहाँ सामूहिक रुपमा शवको अन्त्येष्टि गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सीको सहयोगमा–

भिडिओ

फोटोहरुः

|तस्वीरमा न्यूयोर्कमा सामूहिक शवको अन्त्येष्टि। श्रोत: मेल अनलाइन|

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।