काठमाण्डौं। भारतको जम्मु काश्मीरका गोली चल्दा एक प्रहरी र दुई आतङ्ककारी मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्कुटरमा आएका आतङ्ककारीले बुधबार दिउँसो गोली चलाउँदा एक सेन्ट्रल पोलिस रिजर्भ फोर्सका एक जवानको मृत्यु भएको हो। आतङ्ककारीको गोली लागेर ज्यान गुमाउनेमा बिहारका रमेश रञ्जन रहेको बताइएको छ।

प्रहरीले गरेको जबाफी फाइरिङमा दुई आतङ्ककारी पनि मारिएका छन्।

घाइते अवस्थामा भाग्न खोजेका एक आतङ्ककारीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।