सिन्धुली। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धन गरेर आर्थिक समृद्धि ल्याउने दाबी गरेका छन्। दाहालले बुत्रबार सिन्धुलीबाट नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भ गर्दै यो वर्ष नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए।

दाहालले सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुभारम्भ गरेका हुन। उनले सिन्धुलीगढीको विकास गर्दै पर्यटन क्षेत्रको विकास गरी नेपाललाई आर्थिक समृद्धिमा ल्याउन सरकार सफल हुने दावी गरे। दाहालले वर्तमान सरकारले नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदामा लगानी गरी नेपाललाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गरी आर्थिक समृद्धि ल्याउन लागिपरेको धारणा राखे। नेपालमा पर्यटनको क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसार गर्नकै निम्ति भ्रमण वर्ष मनाउन थालिएको उनको कथन थियो।

नेपालमा वार्षिक १० लाख बाट कम्तीमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउँदै दाहालले नेपालमा अहिले २५ लाख पाहुनालाई व्यवस्थित आवास तथा अन्य सुविधासहित स्वागत गर्न सकिने अवस्थामा रहेको जानकारी दिए।

भ्रमण वर्ष २०२० सफल पार्नका लागि पर्यटकमात्र भित्र्याउने मात्र नभई राष्ट्रको इज्जत र प्रतिष्ठालाई विश्वभरि स्थापित गर्ने कुरा पनि भएको दाहालले बताए। उनले भ्रमण वर्ष राष्ट्रिय भावना र जनताको भावनालाई उत्प्रेरित गर्ने र अझ बढी उत्प्रेरित गर्ने र अझ बढी सशक्त बनाउने सङ्कल्पका लागि पनि २०२० भ्रमण वर्ष भएको उल्लेख गरे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।