कास्की। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले रत्नमन्दिर र हिमागृहलाई खुला गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएका छन्। रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखराद्वारा आयोजित २१औँ संस्करणको सडक महोत्सवको शनिवार उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपाल ट्रष्टको स्वामित्वमा रहेका ती दुई दरबारलाई खुला गरेर पर्यटकको गन्तव्यका रुपमा विकास गर्न लागिएको जानकारी दिए।

कार्यक्रममा मन्त्री भट्टराईले भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज लगायतका शहरबाट पोखरामा हवाई सेवा शुरु गरिने मन्त्री भट्टराईले जानकारी दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।