मुख्यखबरराजनीति

रवीन्द्र मिश्रद्वारा निर्माणाधीन रङ्गशालाको अवलोकन

चितवन। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन्। शुक्रबार बिहान रङ्गशालाको अवलोकन गर्दै मिश्रले धुर्मुस सुन्तली फाउन्डेसनको राष्ट्रनिर्माणको अभिलाषा र योगदानको मुक्तकण्ठले प्रशंसा गरे।

मिश्रले रङ्गशाला निर्माणमा साझा पार्टीले गर्नसक्ने सम्भावित सहयोग र पार्टीका सदस्यहरूले गर्नसक्ने स्वयंसेवाबारे रङ्गशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनसँग छलफल गरेका छन्।

मिश्रलाई धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे  जानकारी गराएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here