चितवन। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन्। शुक्रबार बिहान रङ्गशालाको अवलोकन गर्दै दाहालले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताए।

उनले भने, “रङ्गशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तपाईँकै साथमा छौँ।” दाहालले रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताए। रङ्गशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको उनले प्रतिक्रिया दिए। सबै जिल्लामा सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन दाहालले आग्रह गरे। उनले सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि आह्वान गरे।

दाहाललाई धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे दाहाललाई जानकारी गराएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here