काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकालले सम्बन्धविच्छेद गरेका छन्। गायक ढकालकी पत्नी निलमले सम्बन्धविच्छेद गरिपाउँ भनी दिएको निवेदनका आधारमा उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद गरेका हुन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरूले मिलापत्र गरेका हुन्। ढकाल दम्पतीले सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पुष्टि गरे।

सम्बन्धविच्छेद मिलापत्रमा छोरी रानी ढकाल आमा निलमसँग रहने तर निलमले गायक रामकृष्ण ढकालबाट अंश नलिने सहमति भएको छ।

पछिल्लो समय गायक ढकाल आर्थिक सङ्कटमा रहेको समाचार बाहिरिएको थियो। कतिपयले ढकाल दम्पतीको सम्बन्धविच्छेदलाई आर्थिक संकटसँग जोडेर समेत हेर्न थालेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here