मुख्यखबरराजनीति

स्थानीय तहमा आक्रामक संगठन विस्तार गर्दै साझा पार्टी

कास्की। साझा पार्टीले स्थानीय तहमा आफ्नो संगठन विस्तार अभियानलाई केन्द्रित गरेको छ। ‘अब वडा वडामा साझा पार्टी’ भन्ने अभियानलाई साझा पार्टीले बुधवार पोखराबाट शुभारम्भ गरेको हो।

स्थानीय तहमा संगठन विस्तार अभियान अन्तर्गत साझा पार्टी पोखराले महानगरपालिकाको वडा नं १४ मा समिति गठन गरेको छ। छिनेडाँडास्थित माछापुच्छ्रे सामुदायिक भवनमा आयोजित  कार्यक्रममा घोषणा गरिएको ५ सदस्यीय समितिको संयोजकमा युवा व्यवसायी रामबहादुर थापा चयन भएको महानगर संयोजक मनकाजी गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  समितिका सदस्यहरूमा रूपा तामाङ्ग विष्ट, सुवास परियार, सुमन केसी र अमृतप्रसाद दाहाल रहेका छन्। 

नव घोषित समितिका संयोजक लगायत सदस्यहरूलाई साझा पार्टी पोखरा महानगर संयोजक मनकाजी गुरुङले माटोको टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा साझा पार्टीका केन्द्रीय सदस्य रजनी केसी, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनाल, साझा युवा सङ्गठनका महासचिव सरोज गौतम लगायतका नेताहरूले नयाँ समितिलाई शुभकामना दिएका थिए । 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here