काठमाडौं । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार (आज) जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेका छन् ।

उनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा लेख्दै उक्त विधेयकलाई अनिष्टकारी भनेका हुन् । ‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषद्मा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो ।’ उनले लेखेका छन् ।

आज नै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी पनि गरिसककेकी छिन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here