काठमाडौं । र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएका काभ्रेका दुई जना युवाको पीसीआर परीक्षणमा रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

भारतबाट गत चैत ९ गते नेपाल आएका काभ्रेको बेथानथोक गाउँपालिका–५ का २८ वर्षीय युवा र दुबईबाट आएका मण्डनदेउपुर नगरपालिका–३ का युवामा मंगलबार गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।

तर धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा दुबैजनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । दुबै जना हाल धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार उनीहरुमा कोरोनासँग मिल्दो जुल्दो कुनै लक्षण छैन । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here