स्वास्थ्य

नयाँ आशा : इबोलाको औषधिले कोरोनाको निदान हुन सक्ने संकेत

काठमाडौं । कोभिड १९ (कोरोना भाइरस)को महामारीका कारण अहिलेसम्म विश्वका २१० मुलुकहरु आक्रान्त छन् ।

संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दैछ । अस्पतालहरुमा जसोतसो बिरामीहरुको उपचार पनि भइरहेको छ । तर यसको वास्तविक उपचारको उपाय अहिलेसम्म फेला पर्न नसक्दा थप समस्या भएको छ ।

अहिलेसम्म भइरहेका सबै उपचारहरु प्रयोगात्मक रुपमा मात्रै भइरहेका छन । यही क्रममा भएको अर्को एउटा प्रयोगले सफलताको संकेत देखाएको छ ।

रोनाका गम्भीर बिरामीहरुलाई इबोला महामारीमा प्रयोग भएको ‘रेमेडिसिभर’ नामक औषधि दिँदा ग निदानको आशा जागेको हो ।

‘दि न्यू ईंग्ल्याण्ड जर्नल अफ मेडिसिन’लाई उद्धृत गर्दै भारतीय समाचार पोर्टल अमर उजालाले जनाए अनुसार गम्भीर अवस्थामा पुगेका कोरोनाका बिरामीहरुलाई रेमेडिसिभर औषधि दिँदा ६८ प्रतिशत बिरामीलाई भेंटिलेटरको प्रयोग गर्नु परेन ।

५३ जना गम्भीर बिरामीहरुमा हालै लण्डनमा गरिएको एक अध्ययनमा ३६ जना बिरामी अर्थात् ६८ प्रतिशत बिरामीहरुमा निको हुने संकेत देखिएको हो ।

ती बिरामीहरुलाई २५ जनवरीदेखि ३ फेब्रुअरी अर्थात १० दिनसम्म इबोला निको पार्न प्रयोग हुने रेमेडिसिभर औषधी दिइएको थियो ।

पहिलो दिन २ सय एमजी र बाँकी ९ दिन सय एमजीका दरले औषधि दिइएको थियो । अनुसन्धानमा सम्मिलित सबै ५३ जना बिरामी भेन्टिलेटराको प्रयोग गर्नैपर्ने अवस्थाका थिए ।

तर यो औषधीका कारण उनीहरुमा भेन्टिलेटरको प्रयोगबिनै निको हुने संकेत देखिएको छ । एजेन्सीको सहयोगमा–

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here