समाज

कोरोना संक्रमण हुनसक्ने भन्दै घरधनीले गर्भवतीलाई जबरजस्ती डेराबाट निकाले

काठमाडौं । कोभिड १९ (कोरोना भाइरस)को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठाबाट निकालेका छन् ।

कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन् ।

बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन् । काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए ।

कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन् । जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here