मुख्यखबरराजनीति

महरालाई पूर्वविशिष्ट पदाधिकारीकै हैसियतमा गाडी सुविधा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ संसद सचिवालयले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ ।

बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट पाएको स्कार्पियो गाडी चढ्दै आएका छन् ।

उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको बताइएको छ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए भने पछि सोही प्रकरणमा पक्राउ परेका थिए ।

पछि जिल्ला अदालत काठमाडौंले उनलाई निर्दोष ठहर गर्दै रिहा गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here