काठमाडौं । नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत् गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ।

यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ।

जलाशययुक्त आयोजनाबाहेक रन अफ दि रिभर र पिकिङ आयोजनामा उत्पादन घट्ने गरेको छ। नेपालमा प्रायः हिमनदीमा जलविद्युत् आयोजना निर्माण भएका छन्।

मर्स्याङ्दी, मध्यममर्स्याङ्दी, कालीगण्डकी, सुनकोसी, त्रिशुली, देवीघाट, चमेलियालगायतका सबै ठूला जलविद्युत् आयोजना हिमनदी प्रणालीमा निर्माण भएका छन्।

कात्तिकरमङ्सिरबाट हिमनदीमा पानीको बहाव बिस्तारै कम हुँदै जाने गर्छ। आजको गोरखापत्र दैनिकमा खबर छ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here