समाचार

काँग्रेस वडाध्यक्ष गोविन्द पहाडीको फट्याइँ : विपद्को बेला जनतालाई बाँड्न पठाएको मास्कसमेत झ्वाम [विज्ञप्तिसहित]

काठमाडौं । कोरोना भाइरसविरुद्धको अभियानलाई प्रभावकारी रुपमा सामना गरिरहेका देशभरिका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आफ्नो जीवन नै जोखिम पारेर जनताको सेवामा दत्त चित्त भएर लागिरहेका छन् ।

दुःखको कुरा विपद्को समयमा पनि जनतालाई वितरण गर्न नगरपालिका कार्यालयबाट पठाईएको २५,०० थान मास्कमा १,००० थान मास्क अपचलन गरी आफन्त र नातेदारलाई बाँड्ने लोभले गर्दा अहिले सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष गोविन्द प्रसाद पहाडीको आजसम्म बाहिर देखिएको त्यागी, जनसेवी र सादगी चरित्रलाई उदांगो बनाएको छ ।

आफूले गरेको एउटा गल्तीलाई ढाक्नको लागि वडाध्यक्ष तथा नेपाली काँग्रेस सिन्धुलीका कोषाध्यक्ष गोविन्द पहाडीले पदीय क्षमताको दुरुपयोग गर्दै काँग्रेस जिल्ला कार्यसमिति सभापति उज्वल बराल र दुधौली नगर समितिका सभापति कुमार बस्नेतको नामबाट विज्ञप्ति निकाल्न लगाएर आफूलाई पानीमाथिको ओभानो बनाउने प्रयास गरे ।

आफ्नो गल्ती स्वीकार गर्न भन्दा ढाक्नकै लागि दुधौली वडा नम्बर १ को लेटर प्याडमा आफ्नो बचावटको लागि आफैंले विज्ञप्ति आफूले नगरपालिका मार्फत १,५०० मात्र मास्क प्राप्त गरेको र केहि संचारमाध्यम आफ्नो चरित्र हत्याको प्रयास गरिरहेको बताए ।

दुधौली नगरपालिकाको प्रष्टोक्ति सहितको अपिलः

आज दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जारी गरेको भनिएको छ “‘सम्पूर्ण वडाहरुमा मास्कको व्यवस्थापन तथा वितरण वडा तहबाट नै गर्ने गरी निर्णय भए अनुसार अधिकांश वडाबाट मास्क वितरण भईसकेको अवस्थामा वडा नं. १, २, ८ र १२ मा मास्क नभएको भनी वडाध्यक्षहरुबाट जानकारी प्राप्त भएकोले पहिलो चरणमा सम्बन्धित वडाहरु १, २, ८ र १२ को प्रति वडा २५०० का दरले मास्क उपलब्ध गराईएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।” नगरप्रमुखको विज्ञप्तिबाट के प्रष्ट हुन्छ भने नगरपालिकामार्फत् वितरण गरिएका नगरका वडाहरु १, २, ८ र १२ मा पहिलो चरणमा वितरण गरिएका मास्कहरु एकै ठाउँबाट ल्याईएका र समान संख्याका थिए ।

कुराकानीमा नगरप्रमुख घनश्याम राउतले भनेका थिए,“ वडाध्यक्ष गोविन्द पहाडीले रोजेर लागेको पोकाबाट १००० मास्क गायब हुनुले दोश्रो चरणको मास्क वितरण कार्यपालिका सदस्य डिल्लीबहादुर भुजेलमार्फत् वितरणको लागि जिम्मा लगाईएको छ ।”

मास्क काण्डको बारेमा नेकपा दुधौली–१ का वडाध्यक्ष चन्द्र प्रसाद पहाडीसँग कुरा गर्दा उनले भने,“मास्क ठूलो र बहुमुल्य विषय होईन । नेपाली काँग्रेसको जनप्रतिनिधि भएकाले २५०० मास्कमा १००० मास्क आफ्ना कार्यकर्तालाई बाँड्नु पनि कुनै आपत्तिजनक मुद्दा थिएन । १००० मास्क आफन्त र कार्यकर्तालाई बाडियो बाँकी रहेको मास्क टोल सुधार समितिमार्फत् पठाईएको छ भन्दा पनि हामी विरोध गर्ने थिएनौं तर जानीजानी १००० थान मास्क लुकाउनु हामीलाई स्वीकार्य भएन । हाम्रा कार्यकर्ताहरुले यसको विरोध गरे । अध्यक्षको नाताले कार्यकर्ताको भनाई नै मेरो भनाई हो । जाबो २५०० थान मास्कमा त १००० थान घोटाला हुने रहेछ भने विकास निर्माणका योजनामा कति खाएका होलान् ? आगामी दिनमा नेकपाले हरेक योजनाको पारदर्शीता र कार्यान्वयनमा निगरानी र खबरदारी गर्नेछ । वडाध्यक्षले गरेका अधिकांश विकास निर्माणका काममा विश्वासको आधारमा सहयोग र समर्थन गरेका थियौँ । अब एक–एक गरी खोजी गर्छौं ।”

नगरप्रमुख राउतले कार्यपालिका सदस्य डिल्ली भुजेलमार्फत् मास्क वितरण गराएपछि दुधौली–१ का काँग्रेस कार्यकर्ताले वडा कार्यालयलाई पठाएको मास्क नेकपाका कार्यकर्ताले गुण्डागर्दी गरी लुटेर लगेको भनी सामाजिक संजाल र व्यक्तिगत रुपमा फोन गरी थर्काउने सम्मका हर्कत गरेको नेकपाका एक कार्यकर्ताले बताउ ।
दुधौली वडा नं. १ वडा कार्यालयद्वारा जारी विज्ञप्ती : 

श्रोतः परिवर्तन खबर
सम्बन्धीत समाचार-
: वडाध्यक्ष गोविन्द पहाडीको फट्याइँ : १,००० मास्क घोटला

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here