समाचार

आनीबानीका कारण कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु भएको विश्लेषण !

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ ।

यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ ।

यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ । चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो ।

तर यहाँ एउटा वैज्ञानिक तथ्यलाई बिर्सिएको छ । त्यो हो– जीवनको निरन्तर अस्तित्वको हिसाबले महिलाभन्दा पुरुष कमजोर लिंग हो ।

यो जीवनको कालखण्डमा एकपटक मात्र आउने महामारीका बेलाको प्रसंग मात्र होइन । लैंगिक हिसाबमा अन्तर्निहित जैविक फाइदा जीवनको हरेक चरणमा हुन्छ ।

उदाहरणका लागि पहिलो जन्मदिन मनाउने मौका केटालेभन्दा केटीले बढी पाउँछन् । एक सय वर्षभन्दा बढी उमेरका मानिसमा ८० प्रतिशत महिला छन् भने ११० वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत महिला छन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here