काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना भाइरस सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षा व्यवस्था अपनाएर विकास निर्माणको कामलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

’रोड मार्किङ’को शनिवार अनुगमन गर्दै मन्त्री नेम्वाङले स्वास्थ्य सुरक्षा अपनाउँदै ’रोड मार्किङ’को कामलाई निरन्तरता दिनुपर्ने बताउनुभएको हो ।

सामान्य समयमा बाक्लो आवागमनका कारण ट्राफिक चिह्न निर्माण तथा सडक रङरोगन गर्न कठिनाइ हुनेगर्दछ । मन्त्री नेम्वाङले भन्नुभयो, ‘मजदुरको सुरक्षा तथा सामाजिक दूरी कायम गर्दै सडक सुरक्षा चिह्न निर्माणलाई तीव्रता दिनुहोस्, यस कामका लागि सहयोग गर्न मन्त्रालय तयार छ।’ गोरखापत्र दैनिकमा समाचार छ ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here