काठमाडौं । निर्धन लघुवित्त संस्था लिमिटेडले प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २८ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

लघुवित्तले कोरोनाविरुद्धको कोषमा सबै प्रदेशलाई ४ लाख रुपैयाँका दरले उक्त रकम उपलब्ध गराएको हो । यस लघुवित्तले प्रदेश सरकारलाई प्रदान गरिएको उक्त रकमले हाल विश्वभरमा महामारीका रुपमा फैलिएको कोरोनाको प्रकोपलाई फैलन नदिन, क्वारेन्टाइन व्यवस्थापन, औषधोउपचार, विपन्नलाई खाद्यन्नको व्यवस्थापन र समस्यामा परेकाहरुलाई सहयोग पुग्ने विश्वास लिएको छ ।

पूर्व डेपुटी गर्भनर समेत रहेका स्व.हरिहरदेव पन्तले सुरुवात गरेका यो संस्था नेपालकै पहिलो लघुवित्त हो । हाल ७७ वटै जिल्लामा १८१ वटा यस लघुवित्तका शाखाहरु विस्तार भई सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here