समाचार

जिल्ला सभापतिहरुलाई तरुण दलको परिपत्र-‘लकडाउनमा समस्यामा परेकालाई सहयोग गर्नु’

काठमाडौं । नेपाल तरुण दलले लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न जिल्ला सभापतिहरुलाई परिपत्र गरेको छ ।

यस अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहेको भन्दै तरुण दलले स्थानीय प्रशासनसँग समन्वय गरी उनीहरुको समस्या समाधानको लागि सहजीकरण गर्न/गराउनको जिल्ला सभापतिहरुलाई आग्रह गरेको हो ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार (आज) सबै जिल्ला सभापतिहरुलाई परिपत्र गर्दै विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

विदेशबाट आएकाहरुमा मात्र कोरोना भाइरसकको संक्रमण देखिएकाले थप संक्रमण फैलिन नदिन उनीहरुलाई क्वारेन्टाइनको व्यवस्था गर्न तरुण दलले आग्रह गरेको हो ।

तरुण दलले सीमामा अलपत्र नेपालीहरुलाई प्रशासनसँग समन्वय गरी नेपाल ल्याउन र उनीहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

परिपत्रमा सरकारले लागू गरेको लकडाउन कार्यान्वयन गर्न र गराउन पनि निर्देशन दिइएको छ ।

|तस्वीरमा तरुण दलको झण्डा। फाइल तस्वीर|

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here