समाचार

काठमाडौंमा ८७ हजार बढी ग्यास सिलिन्डर वितरण

काठमाडौं । नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौं उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण गरेको छ ।

यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास वितरण गरेको हो । चैत १४ गते ३३ हजार ६५८, चैत १५ गते १४ हजार १०८ र १६ गते ३९ हजार ८६४ ग्यास सिलिन्डर वितरण भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

उपाध्यायले भने, “भारतबाट ग्यास पेट्रोल आयात भइरहेकै छ । हामीले बजारमा पठाएका पनि छौं । तर, ग्यास पाएनौँ भन्ने पनि हुनुहन्छ त्यसैले पठाएको ग्यास कहाँ गयो भनेर हामीले डिलरसँग दैनिक विवरण माग गरेका छौं । दैनिक विवरण आउन थालेको छ ।, ग्यास पाएनौँ भन्नेहरूको समस्या समाधानका लागि नै दैनिक विवरण लिएर काम गरेका छौं । ग्यासको अभाव छैन । पाइन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here