समाचार

चीनबाट ल्याइएका मेडिकल सामग्री सातै प्रदेशमा पुर्‍याइँदै

काठमाडौं।चीनको गोन्जाओबाट कोभिड १९ (कोरोना भाइरस) परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौं ल्याइएको छ ।

नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमूना परीक्षण शुरु भएको जानकारी दिएका छन् ।

यस्तै उनले चाँडै अन्यत्र पनि विस्तार गरिने जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here