काठमाडौं । ‘लकडाउन्’ भएदेखि ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज भने धेरै व्यस्त हुने भएको छ ।

‘लकडाउन्’पछि नेपालका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका विदेशी पर्यटकहरुको उद्धारका लागि आज दर्जन उडान हुने भएका हुन् ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा रहेका पर्यटकलाई उद्दार गरी काठमाडौं ल्याउनका लागि पोखरा तथा सोलुखुम्बुको लुक्लामा उडान हुने छन् ।

त्यस्तै नेपालमा रहेका युरोपेली नागरिकलाई लिनका लागि सम्बन्धित मुलुकका दुतावासले चार्टर्ड जहाज मगााएका छन् ।

आज काठमाडौंमा १६ उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो ।

क्षत्रीकाअनुसार आज लुक्लालमा ९ उडानको अनुमति माग गरिएका छन् । जसमध्ये नेपाल एयरलाइन्सले ५, तार एयरले ३ र समिट एयरले १ उडानका लागि अनुमति माग गरेका छन् ।

त्यस्तै युरोपेली नागरिक लिनका लागि कतारका दुई जहाज काठमाडौ आउँदै छन् । त्यस्तै पोखराका लागि आजै ३ उडान हुने छन् ।

त्यस्तै नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज पनि जाँदै छ। कोरोना भाइरसको परीक्षण नमुना संकलन गर्नका लागि नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज जान लागेको हो। अन्नपूर्ण क्षेत्र तथा सगरमाथा क्षेत्रमा धेरै विदेशी पर्यटक अलपत्र परेका छन्। नेपालमा रहेका सम्बन्धित देशका दुतावासहरुले आफ्ना नागरिक उद्धारका लागि चार्टर्ट उडान गराइरहेका छन्।

लुक्लामा विदेशीसँगै स्वदेशी गाइड तथा पोर्टरहरु पनि अलपत्र परेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here