काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि मुलुक एक साता ‘लकडाउन्’मा रहेका बेला सत्तारुढ (नेकपा)ले पार्टी पंक्तिलाई विशेष परिपत्र जारी गरेको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार विशेष परिपत्र जारी गर्दै कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहन भनेका छन् ।

अध्यक्षद्धयद्वारा जारी परिपत्रमा कोरोनाद्वारा सिर्जित विश्वव्यापाी संकट र बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्ने उल्लेख गरिएको छ तर, यो ठीक उल्टो संकिर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने प्रयास भइरहेकोतर्फ समेत नेकपाले कार्यकर्तालाई सचेत गराएको छ ।

|फाइल तस्वीर|

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here