काठमाडौं। कोभिड १९ (कोरोना भाइरस)को सम्भावित संक्रमण रोक्न सरकारले मुलुकभर १ हप्ता ‘लकडाउन्’ गरेपछि ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव परेको छ।

कोरोनाका कारण यसअघि नै पूर्वाधार निर्माणका कामहरू प्रभावित भएका थिए । केही आयोजनामा भने काम भइरहेको सम्बद्ध आयोजना प्रमुखहरू बताउँछन् ।

तर, अधिकांश आयोजना प्रमुखहरू अहिले लकडाउन खुल्ने समयसम्मका लागि ‘पर्ख र हेरको’ अवस्थामा छन् । कोरोना र ‘लकडाउन्’का कारण नेपालको पहिलो सडक सुरूङमार्गका रूपमा परिचित नागढुंगा—नौबीसे सुरूङमार्ग, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, नारायणगढ—बुटवल सडक खण्ड चौडा गर्ने काम पनि प्रभावित भएको छ ।
त्यस्तै, भारतीय लगानीको अरूण तेस्रो जलविद्युत् आयोजनाको काम पनि बन्द छ । ‘लकडाउन्’को अवस्थामा पनि आयोजना तथा निर्माणाधीन स्थलभित्रै रहेका कामदारबाट केही आयोजनामा भने काम भइरहेको छ ।

तिनमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना पर्छन् । त्यस्तै, हुलाकी राजमार्ग तथा नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनामा प्रक्रियागत कामहरू छिटफूट रूपमा भइरहेका छन् ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

तस्वीरमा ठूला आयोजनाहरु। फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here