काठमाडौं । मिर्गौला प्रत्यारोपण गरी आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना गरिएको छ ।

उनको श्वास प्रश्वासमा समस्या देखिपछि बिहीबार राति साँढे १० बजेतिर त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै गम्भीर समस्या भने नरहेको अस्पताल स्रोतले जनाएको छ । स्रोतकाअनुसार शुक्रबार (आज) नै उनलाई डिस्चार्ज गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा यही फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएका ओली चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका थिए।

तस्वीरमा प्रधानमन्त्री। फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here