समाचार

एक परिवारलाई मासिक एक सिलिन्डर

काठमाडौं।कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणका लागि गरिएको ‘लकडाउन्’को अवधि लम्बिन सक्ने र ग्यास विक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको विक्री वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी सो व्यवस्था गरेको हो।

त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्ने छ।

सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ।

ग्यास उद्योगले डिलर विक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण नियमित रूपमा परीक्षण गर्नुपर्ने छ।

निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनुपर्ने छ।

निगमको स्वीकृतिबिना ग्यास बिक्री गर्न पाइने छैन। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here