समाचार

‘लकडाउन्’का कारण अलपत्र परेका विदेशी पर्यटकलाई हवाई उद्दार गरी उनीहरुकै देश फर्काइने

काठमाडौं। सरकारले ‘लकडाउन्’का कारण अलपत्र परेका विदेशीहरुलाई हवाई उद्दार गरेर आफ्नो देश फर्किन सहजीकरण गर्ने भएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले ‘लकडाउन्’का कारण देशका विभिन्न स्थानमा अलपत्र परेका विदेशी नागरिकहरुलाई हवाई उद्धार गरी काठमाडौं ल्याउने निर्णय गरेको हो ।

यसरी ल्याइने विदेशी पर्यटकलाई विमानस्थलबाटै आफ्नो देश फर्किन सरकारले सहजीकरण गर्नेछ । उडान समय नमिलेसम्म विमानस्थल नजिकको होटेलमा क्वारेन्टाइनमा राखिनेछ ।

यसरी क्वारेन्टाइनमा बस्दाको सम्पूर्ण खर्च सम्बन्धित पर्यटकले व्यहोर्नुपर्नेछ । नेपाल पर्यटन बोर्डकाअनुसार ‘लकडाउन्’ अगाडि नै पदयात्रामा गएकाहरु अलपत्र परेका छन् ।

करिब ३ सय पर्यटक लुक्लामा अलपत्र छन् । ६ जना पर्यटक मनास्लुमा छन् । अलपत्र पर्ने पर्यटकको संख्या धेरै रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले जनाएको छ ।

नेपालस्थित विभिन्न मुलुकका दूतावासले समेत आफ्ना नागरिक कहाँ कुन अवस्थामा छन् भन्ने चासो देखाइरहेका छन् ।

करीव ३ हजार पर्यटकले लकडाउन र सम्बन्धित देशका उडान प्रतिबन्धका कारण आफ्नो भिसा अवधि बढाएका छन् ।

तस्वीरमा पोखरामा पर्यटक। फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here