काठमाडौं।मंगलबार (हिजो)बाट सरकारले मुलुक १ हप्ता ‘लकडाउन्’ गर्ने निर्णय गरेसँगै कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)ले टेन्ट क्वारेन्टाइन बनाउनेदेखि थप स्वास्थ्य सामग्री खरीदका लागि बोलपत्र आह्वानसम्मको तयारी तीव्र बनाएका छन्।

नेपाली सेनाले पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पीपीआइ) भेन्टिलेटर, एन–९५ मास्क खरिदका लागि बुधबार (आज) बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यी सामग्री तथा उपकरणका लागि सरकारले रु. १० करोड दिएको र सेनाको कल्याणकारी कोषका साथै आन्तरिक बजेटबाट रू. ७ करोड व्यवस्था गरिएको बताए।

सेनासँग ३ हजारको हाराहारीमा रहेको पीपीआइ सम्बन्धित निकायमा वितरण गरिएको र हाल सेनासँग १५० पीपीआइ स्टकमा रहेको उनले बताए।

त्यस्तै, सशस्त्रले कोभिड–१९ को उपचारका लागि स्थापना गरिने आइसीयू वार्डका लागि आवश्यक उपकरण तथा सामग्री खरिद गर्न आइबार नै खरिद प्रस्ताव आह्वान गरिसकेको छ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

तस्वीरमा सुरक्षाकर्मी। फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here