समाचार

अमेरिकी सांगीतिक आकाशमा उडेका एक नेपाली-दिवेश पोखरेल [भिडिओ]

काठमाडौं।’अमेरिकन आइडल’मा सहभागी एक नेपाली युवाको चर्चा अहिले विश्वभरि नै चुलिएको छ।

आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा चुलिएको हो।

‘अमेरिकन आइडल’को स्टेजमा पनि उनी निकै चर्चित छन्। अहिलेसम्म उक्त स्थानमा कुनै पनि नेपाली पुग्न नसकेको बेला पोखरेलले भने आफ्नो प्रस्तुतीबाट सबैको मन जित्न सफल भएका छन्।

स्टेजमा ‘आर्थर गन’को रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन्।

गत हप्ताको दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले ‘स्ट्यान्डिङ ओभेसन’ दिदैं ‘वान्स मोर’ भनेका थिए।

यस्तै सोमबार (हिजो) राति प्रसारण भएको ‘अमेरिकन आइडल’मा उनको नयाँ प्रस्तुतीमा निर्णायक लियोनेल रिचीको आँखा रसाए। र उनी आँखा पुछ्न बाध्य भए।।

दिवेशले आफ्नो प्रस्तुती दिएर स्टेजबाट बाहिरिएपछि निर्णायक रिचीले अन्य दुई निर्णायकलाई भने, ‘उनको प्रस्तुतीले मेरो आँखा रसाए। लाई माफ गर्नुस्।’

दिवेशले ‘हलिउड विक’ नाम दिइएको उक्त राउन्डमा सिसिआर ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गाएका थिए।

उनले यही गीत मिलाउकीमा भएको अडिशनमा समेत गाएका थिए।

अब आफू निकै अघि आइसकेकोले यसमा आफ्नो सिर्जनशीलता पनि मिसाएको उनले बताए।

उनले गीतको स्केल पनि परिवर्तन गरे। आफ्नो प्रस्तुती अघि उनले यो एक्सपेरिमेन्टल (प्रयोगात्मक) भएपनि ब्यान्डसँग यो निकै राम्रो सुनिने उनले सुरुमा अनुमान गरेका थिए।

“यो जोखिम हो, तर यहाँ प्रयास त गर्नैपर्छ।” सार्वजनिक भएको भिडियोमा उनले भनेका छन्।

यद्यपि, निकै छोटो समय भएकोले दिवेशको अरेन्जमेन्टमा ब्यान्डले राम्रोसँग प्रस्तुती दिन नसकेपछि अन्तिम समयमा आफैँले गितार बजाएर गाउने निश्चित गरे।

आफूसँग यो भन्दा अरु विकल्प नभएको पनि उनले बताए। दिवेशले पनि आफ्नो प्रस्तुती सन्तोषजनक रहेको बताए।

आइडलमा उनको प्रस्तुती निकै दमदार बन्दै गएको छ। हलभित्र रहेको दर्शकको पनि उनी मन जित्न सफल भएका छन्।

[भिडिओ] हेर्नका लागि यहाँ क्लिक गर्नुस्।

तस्वीरमा अमेरिकन आइडलको स्टेजमा नेपाली प्रतिस्पर्धी दिवेश पोखरेल। श्रोत।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here