काठमाडौं।कोभिड १९ (कोरोना भाइरस)को संक्रमणको अवस्थालाई ध्यानमा राख्दै सरकारले मुलुक १ साताका लागि ‘लकडाउन्’ गर्ने निर्णय गरेको छ।

सोमबार (हिजो)काठमाडौंमा कोरोना संक्रमित भेटिएलगत्तै सरकारले चैत ११ मंगलबार (आज) बिहान ६ बजेदेखि चैत १८ गते १ सातासम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको हो।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नै १ साताका लागि मुलुक लकडाउन् गर्ने निर्णय गरेको भए पनि सरकारले सोमबारमात्र ती निर्णय सार्वजनिक गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार बेलुकाको पत्रकार सम्मेलनमा बताए।

आइतबार नेपालसँग सीमा जोडिएका भारत र चीनका अन्तरराष्ट्रिय नाका १ साताका लागि बन्द गर्नेलगायत निर्णय मात्र सार्वजनिक गरिएको थियो।

सोमबार टेकुमा एक जना युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि सरकारले एक साताका लागि मुलुकभर लकडाउन्को निर्णय सार्वजनिक गरेको हो।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here