समाचार

कोरोना सन्त्रास : एसइइ परीक्षा स्थगित

काठमाडौं।सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा स्थगित गरेको छ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ६ चैत्र (भोलि)देखि शुरु हुन लागेको एसइइ परीक्षा हालका लागि स्थगित गरिएको बताए।

यसअघि सरकारले प्रत्येक एसइइ केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

त्यस्तै, उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बुधबार बसेको बैठकले ३ बैशाखसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ।

यसैगरी २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन आगामी १८ बैशाखसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here