समाचार

‘कोरोना भाइरस’विरुद्धको पहिलो खोप ४३ वर्षीया जेनिफरलाई

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वासिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो।

उक्त खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरुको भनाइ छ।

कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन्। “यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो।” जेनिफरले समाचार संस्था एपीसँग भनेकी छिन्।

विश्वभरका वैज्ञानिकहरु भाइरसविरुद्धको खोप उत्पादन गर्न फास्ट ट्रयाक शैलीमा अनुसन्धान गरिरहेका छन्।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा शुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन्।

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा जाँच हुनेछ।

परीक्षण गर्न लागिएको खोपलाई ‘mRNA-1273’ को नाम दिइएको छ।एजेन्सी

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here