समाचार

सांसद रावललाई फेरि म्याद थप

काठमाडौं।बलात्कार प्रयासको आरोप लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावललाई जिल्ला अदालत कैलालीले थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला अदालत कैलालीले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीलाई अनुमति दिएको हो।

यसअघि पहिलो पटक चार र दोस्रो पटक सात दिन दिएको म्यादभित्र अनुसन्धान पूरा नभएपछि प्रहरीले आइतबार(आज)  १० दिन थप समय मागेको थियो।

धनगढीकी एक महिलाले रावलविरुद्ध गत माघमा बलात्कार प्रयास गरेको दाबी गर्दै गत १४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन्।

त्यसपछि प्रहरीले रावललाई पक्राउ गरेको थियो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here