समाचार

कोरोना सन्त्रास : चीनसँगको व्यापार ३२ प्रतिशतले घट्यो

काठमाडौं।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ।

जसअन्तर्गत विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट आएको छ।

कोरोनाको उद्गम चीनबाट आयातमा गिरावट आएपछि भन्सारको राजस्वमा समेत त्यसको असर परेको हो।

विराटनगर–१८ आइसीपीस्थित भन्सार कार्यालयका अनुसार कोरोनाका कारण चीनबाट आउने सामाग्रीको आयात प्रभावित भएको हो।

विशेष गरी गार्मेन्ट, खेलौना, स्याउ प्लाष्टिकका सामान, जुत्ता, चप्पललगायतका सामाग्रीको आयात घटेको भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीले जानकारी दिए।

यो समाचार आजको कारोबार दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here