समाचार

अनेरास्ववियूका नेता राईलाई ८ वर्ष कैदको फैसला

काठमाडौं।अनेरास्ववियूका निवार्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले बलात्कार मुद्दामा ८ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार सत्तारुढ नेकपा निकट विद्यार्थी नेता राईलाई ८ वर्ष ६ महिना कैदको फैसला सुनाएको हो।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार साढे आठ वर्ष कैदसहित पीडितलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ।

रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेतासमेत रहेका राईले गत ११ कार्तिकमा आफ्नै साथीकी बहिनीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here