काठमाडौं।दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री ओली शुक्रबार (आज) साँझ महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्र दिन लामो अस्पताल बसाइपछि मृगौला प्रत्यारोपण गरेर आफ्नो निवासमा फर्केको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले अस्पतालमा रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरूमा धन्यवाद दिएका छन्।

“बाह्र दिन लामो अस्पताल बसाइपछि मृगौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु। मेरो मृगौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु।” उनले उल्लेख गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here